बिनाको कौडा गीत सार्वजनिक

गायिका बिना भट्टराईको नयाँ कौडा गीत बजारमा आएको छ । उनको ‘चुलबुले कान्छी’ बोलको गीत बजारमा आएको हो । अघिल्लो साता मात्रै उनको ‘सुन्तलाको फुल’ सार्वजनिक भएको थियो ।

बिनाको चुलबुले कान्छीमा गायक मीन गुरुङ, तेजेन्द्र दूरा र बबिता गुरुङले गायनमा साथ दिएका छन् । गीत रेशम गुरुङले लेखेका हुन् । गीतमा संगीत पनि गीतकार गुरुङकै सुन्न सकिन्छ ।

सार्वजनिक कौडा गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । प्रसन गुरुङले निर्देशन गरेको म्युजिक भिडियोमा उर्मिला गुरुङ, दीपक लामा लगायतका कलाकारले अभिनय गरेका छन् ।





  • प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार १३:४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया