कोरोना भाइरसका ३०३ जना सङ्क्रमित थपिए, ६ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका ३०३ जना सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ९२ जना पुगेको छ ।

यस्तै, सो अवधिमा ६ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोभिडबाट मृत्यु हुने दुई हजार १७ जना पुगेका छन् ।

पछिल्लो चौबीस घण्टामा ४०१ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६४ हजार ८२३ पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.०५ पुगेको छ ।

हाल तीन हजार २५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार २५२ जना आइसोलेसनमा र १२२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार १६:३३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया