पत्रकार महासङ्घले ठूला सञ्चारमाध्यमको लगानीको पारदर्शिता खोज्ने

नेपाल पत्रकार महासङ्घले नेपालका ठूला सञ्चारमाध्यमका लगानीको पारदर्शिता खोजी गर्ने भएको छ । महासंघका केन्द्रीय महासचिव रमेश विष्टले यसबारे बताएका हुन् ।

मंगलबार पत्रकार महासङ्घ तनहुँ शाखाले दमौलीमा आयोजना गरेको साधारणसभामा बोल्दै महासचिव विष्टले वर्षौंसम्म आम्दानी गर्ने, तर श्रमजीवी पत्रकारलाई तलब नदिने सञ्चारमाध्यमको पारदर्शिता खोजी गरिने बताएका हुन् । 

ठूला सञ्चारमाध्यमले वर्षौंसम्म व्यापार गरेर पैसा कमाएको, तर कोभिड सङ्कट देखाएर पत्रकारलाई तलब नदिएको भन्दै उनले त्यस्ता सञ्चारमाध्यमविरुद्ध आन्दोलन सुरु भएको बताए । उनले भने, ‘महासङ्घ सदैव श्रमजीवी पत्रकारको पक्षमा छ ।’ 

व्यावसायिक पत्रकारिता र नीतिको क्षेत्रमा सरकारले महासङ्घलाई सहयोग नगरेको महासचिव विष्टको गुनासो छ ।  

पत्रकारले प्रत्यक्ष राजनीति गर्न नहुने, तर राजनीति बुझ्न भने आवश्यक रहेको भन्दै उनले नागरिक अधिकारविरोधी कदममा महासङ्घ मुकदर्शक भएर बस्न नसक्ने बताए । 





  • प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार १९:४६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया