कर्णालीमा सुरु भयो कोरोनाविरुद्धको खोप
कोरोना खोप लगाउँदै प्रदेश अस्पतालमा कार्यरत बालरोज विशेषज्ञ डा.नवराज केसी । तस्बिर : नवराज केसीको फेसबुकबाट ।

कर्णाली प्रदेशमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्कालाई पहिलो खोप दिएर खोपको सुरुवात गरिएको हो । कर्णालीका १० वटा जिल्लामध्ये डोल्पा बाहेकका जिल्लामा खोप लगाउन सुरु भएको छ । डोल्पामा पनि आजैबाट सुरु गरिने स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । 

भारत सरकारबाट अनुदानमा प्राप्त भएको कोरोनाविरुद्धको खोप नेपाल सरकारले कर्णालीका दश जिल्लाका लागि पहिलो चरणमा ११ हजार ५८० डोज पठाएको छ ।

पहिलो चरणमा कोरोना नियन्त्रण तथा उपचारका लागि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई लगाउने बताइएको छ ।

खोप कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएकामध्ये इच्छुकले खोप लगाउन सक्नेछ । पहिलो खोप लगाएको चार सातापछि दोस्रो खोप लगाइने निर्देशनालयका निर्देशक डा.रविन खड्काले जानकारी दिए ।
 





  • प्रकाशित मिति : माघ १४, २०७७ बुधबार १२:२५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया