लैनचौरबाट एक थान कटुवा पेस्तोलसहित एकजना पक्राउ

काठमाडौँको लैनचौरबाट एक थान कटुवा पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेचौर गाउँपालिका–३ घर भई काठमाडौंको सामाखुसी टाउन प्लानिङ्ङ बस्ने २८ वर्षका कृष्ण चौलागाईं छन् ।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो । 

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गुल्मबाट खटिएको एपिएफ टोलीले चौलागाईलाईं कटुवा पेस्तोल तथा सोको एक थान गोली र एउटा मोबाइल सेटसहित पक्राउ गरेको हो ।





  • प्रकाशित मिति : माघ १४, २०७७ बुधबार १९:२७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया