राष्ट्र बैंकले जारी गर्यो क्यूआर कोडमा आधारित भुक्तानी मापदण्ड
​मापदण्डको मस्यौदामाथि माघ ३० भित्र सुझाव दिन आग्रह

नेपाल राष्ट्र बैंकले क्यूआर कोडमा आधारित भुक्तानीलाई थप प्रभावकारी बनाउने उद्देश्यले मापदण्ड तयार पारेको छ । केन्द्रीय बैंकले हालै तयार पारेको मापदण्डको मस्यौदामा सम्बन्धित क्षेत्रका विज्ञबाट सुझाव माग गरेको छ ।

पछिल्लो समय निकै लोकप्रिय बन्दै गइरहेको क्यूआर कोडको प्रवर्द्धन तथा नियमन गर्न केन्द्रीय बैंकले स्ट्यान्डर्डाजेन अफ क्यूआर कोड र नेपाल क्यूआर स्ट्यान्डर्डाजेन फ्रेमवर्क र गाइडलाइनको मस्यौदा तयार गरेको हो । 

राष्ट्र बैंकले उक्त मस्यौदा उपर कुनै सुझाव भए ३० माघभित्र उपलब्ध गराउन सूचना जारी गरेको छ ।

मस्यौदामा क्यूआर भुक्तानीका लागि स्किमरनेटवर्कको योग्यता, एक्वायरिङ तथा जारीको योग्यता, नेटवर्क, अक्वायर र जारी गर्ने संस्थाको मुख्य जिम्मेवारी, मूल्य तथा शुल्क, सेटलमेन्ट संयन्त्र, ग्राहक सेवारगुनासो सम्बोधन र विवाद निरुपण, सूचना सुरक्षा कार्यक्रम, क्यूआर लोगो र ब्राण्डिङलगायत विषय समेटिएको छ ।   

राष्ट्र बैंकले पछिल्लो समय क्यूआर कोड स्क्यानबाटै हुने भुक्तानीलाई विस्तार गर्दै लगेको छ । 





  • प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार १५:१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया