अवहेलना मुद्दा : प्रधानमन्त्रीसहित ६* जनालाई जवाफ लिएर उपस्थित हुन आदेश

काठमाडौं : अवहेलनासम्बन्धी फरक फरक मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीसहित ६ जनालाई जवाफसहित सात दिनभित्र आफैँ उपस्थित हुन आदेश दिएको छ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलना सम्बन्धी चारवटा निवेदनमाथि सुनुवाइ गर्दै प्रधानमन्त्री ओली, पूर्व प्रधानन्यायाधीशहरू सुशीला कार्की, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र अनुपराज शर्मालाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो

शर्माको इजलासले पूर्व सभामुख दमननाथ ढुंगानालाई पनि सात दिनभित्र आफैँ सर्वोच्चमा उपस्थित भएर जवाफ पेश गर्न आदेश दिएको छ। 

संसद विघटनसम्बन्धी अदालतको बहसलाई 'तमासा' भनेपछि प्रधानमन्त्री ओलीले आफैं उपस्थित भएर जवाफ दिनुपर्ने भएको छ। ओलीले अदालतको अवहेलना मुद्दामा बाटोकाे म्यादबाहेक ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्नुपर्ने  छ।

त्यस्तै संसद पुनःस्थापना माग गर्दै सामूहिक विज्ञप्ति निकाल्ने चारजना पूर्व प्रधानन्यायाधीशहरूले पनि सात दिनमै जवाफ दिनुपर्नेछ। संसद पुनःस्थापनाकै पक्षमा बोलेका पूर्व सभामुख ढुंगानाले पनि आफैं लिखित जवाफ पेश गर्न जानुपर्नेछ।


सच्याइएको** प्रधानमन्त्री ओलीसहित ६ जना हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ। -सम्पादक
 





  • प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार १६:३१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया