धनगढी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई छाडेर हिँडेका नेता लेखराज भट्ट दलालको पनि दलाल भएको बताएका छन्।
धनगढीमा शनिबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भट्टको नाम नलिई आफैँले हुर्काएको मान्छे छोप्न नसकिने गरी दलाल बनेर गएको टिप्पणी गरे।
प्रचण्डले भट्ट अहिले दलालको पनि दलाल बनेर प्रधानमन्त्री ओलीको वरिपरी घुमिरहेको बताए। 'केपी ओली दलाल हुन्', उनले भने, 'उनी (लेखराजको नाम नलिइ) दलालको पनि दलाल भए।’
जनयुद्धका समयमा भट्ट सुदूरपश्चिम कमाण्डका नेता थिए। त्यसबेला उनी प्रचण्डका प्रिय पात्र थिए। तर ओली समूहका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले प्रचण्डलाई करिब एक वर्षदेखि छाडिसकेका थिए। उनी पार्टी विभाजनपछि ओली समूहमा औपचारिक रुपमा आइसकेका छन्।
हाल भट्ट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री छन्। उनकै क्षेत्रमा आएका बेला प्रचण्डले दलालको टिप्पणी गरेका हुन्। आफूले लेखराजलाई पटक पटक मन्त्री बनाएर अहिले पछुताउनु परेको पनि बताएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।