नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताएका छन् ।
नेपाल सहकारी बैंकले आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभापति निधिले देशको राजनीतिक र गैरराजनीतिक क्षेत्रमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताएका हुन् ।
सामाजिक विकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण हुने भएकाले नै बिपी कोइरालाले देशमा सहकारी क्षेत्रलाई भित्र्याएको पनि निधिले बताए । तर, पछिल्लो समय सहकारी क्षेत्रको विकासका लागि सरकारले महत्व दिएर नीति निर्माण गर्न नसकेको उनको आरोप थियो ।
तीनखम्बे अर्थनीति अवलम्बन गरिए पनि अझै पनि सहकारीको विकास र विस्तारको क्षेत्रमा खासै काम हुन नसकेको उपसभापति निधिको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।