ढुक्क भएर खोप लगाउन स्वास्थ्यमन्त्रीको अनुरोध

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले ढुक्क भएर कोरोनाविरुद्धको खोप लगाउन अनुरोध गरेका छन् । साथै उनले खोप अभियान प्रभावकारी बनाउन पनि निर्देशन दिएका छन् ।

शनिबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवामा खोप अभियानको निरीक्षण गर्ने क्रममा लागि मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् । उनले पहिलो चरणमा प्रभावकारी ढंगले स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीलाई खोप दिन पनि अनुरोध गरेका छन् ।

अहिले नेपालमा आएको खोप तीन चरणको परिक्षण अन्य देशमा भइसकेकाले खोप ढुक्क भएर लगाउन उनले अनुरोध गरेका हुन् ।

पछिल्ला दिन मन्त्री त्रिपाठी विभिन्न जिल्लामा खोप अभियानको निरीक्षणमा व्यस्त छन् । नेपालमा पहिलो चरणमा भारतबाट कोरोनाविरुद्धको खोप १० लाख डोज आएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी तथा सरसफाई कर्मचारीलाई यो खोप दिइँदै छ ।





  • प्रकाशित मिति : माघ १८, २०७७ आइतबार ६:२६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया