प्रतिनिधिसभा विघटन : रिट निवेदकतर्फको बहस सकियो

काठमाडौं : पुस ५ मा भएको प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको माथिको बहस सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि जारी छ। आज आइतवार १३ नम्बरको रिटमाथि निवेदकहरुको तर्फबाट बहस भएको हो। अधिवक्ता तुल्सी सिंखडाको निवेदनमाथि सुनुवाइसँगै रिट निवेदककोतर्फबाट बहस सकिएको हो।

योसँगै प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि निवेदकहरुको तर्फबाट बहस सकिएको छ। बब भोलि सोमबारदेखि सरकारको पक्षबाट बहस सुरु हुनेछ। रिट निवेदकहरुको तर्फबाट बहसमा सहभागी सबै वकिलहरुले नेपालको संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीसँग नरहेको  तर्क गरेका थिए। 





  • प्रकाशित मिति : माघ १८, २०७७ आइतबार १५:२०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया