रामकुमारीलाई उषाकिरणको प्रश्न : मेरी आमाको रातो सारी र सिन्दूर फर्काइदिन सक्नु हुन्छ?

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी पुत्री उषाकिरण भण्डारीले नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमार झाँक्रीको अभिव्यक्तिलाई लिएर दु:ख प्रकट गरेकी छन्।

नेतृ झाँक्रीले गोरखामा आयोजित दाहाल-नेपालको विरोधसभामा बोल्दै राष्ट्रपतिलाई मदन भण्डारीको मृत्युपछि सेतो सारी ओढेर राजनीतिक फाइदा लिएको आक्षेप लगाएकी थिइन्। त्यही आक्षेपलाई लिएर उषाकिरणले भावुक अभिव्यक्ति सामाजिक सञ्जालमा दिएकी हुन्। 

उनले रामकुमारीको नाम नै लिएर गल्ती सेतो सारीमा नभएर दृष्टिकोणमा भएको बताएकी छन्। 'रामकुमारी झाँक्रीलाई आफ्नो युवा नेता मान्नेले सुनाइदिनु', उनले भनेकी छन्, 'गल्ती सेतो सारीमा होइन, गल्ती दृष्टिकोणमा छ।'

उषाले आफ्नी ममीले पति गुमाउँदाको अकल्पनीय घटना सामना गरेर शोकमा डुबिरहँदा कहिल्यै पनि प्रश्न नगरेको भन्दै रामकुमारीलाई सोधेकी छन्, 'तपाईं कम्युनिष्ट स्कुलिङको हो भने सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नु पर्ने, मेरो ममी एउटा अकल्पनीय घटना सामना गर्दै हुनुहुन्थ्यो, तपाईं सेतो सारीको कुरा गर्नु हुन्छ, हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा सेतै भित्ता थिए। उहाँले ड्याडीलाई मनपर्ने खाना-अचार बनाउन छोड्नुभयो। उहाँका स-साना छोरीहरू हामीले प्रश्न उठाएनौँ, तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो?'



उनले बुवा गुमाएपछिको शोकसँग जुधिरहेकी ममीको पीडा आफूहरु ९/१० वर्षकै हुँदा बुझे पनि रामकुमारीले अझै नबुझेको भन्दै दु:ख जनाएकी छन्। 'हामी ९/१० वर्षकोले बुझ्यौँ उहाँ शोकसँग जुध्ने कोशिशमा यो सब गर्दै हुनुहुन्थ्यो। तपाईं महिला, ठूलो मान्छे भएर यति बुझनु भएन', उषाले भनेकी छन्, 'तपाईंलाई अर्को कुरा भन्छु, दसैंमा टीका ग्रहण पनि राष्ट्रपति भएपछि बाध्यात्मक अवस्था भएर गर्नुभयो। राष्ट्र प्रमुखको निधार खाली हुनुहुँदैन भन्ने मान्यताले। उहाँको बूढी आमाले उहाँलाई प्रश्न गर्नु भएन, जमरा मात्रै हातमा दिँदा। तपाईं भीड जम्मा गरेर किन सांस्कृतिक क्रान्ति नगरेको भनेर प्रश्न गर्ने को हो?'

पीडाको सामना गर्ने बाटो हरेकको अलग अलग हुने उनले झाँक्रीलाई सम्झाएकी छन्। 'शोकसँग जुध्ने हरेकको आफ्नो आफ्नो बाटो हुन्छ। जुन बाटो स्वयम् त्यो व्यक्तिले पनि रहरले रोजेको होइन। हरेक कुरा नाफा र नोक्सानमा तुलना गर्न सकिँदैन', उनले भनेकी छन्, 'यदि तपाईंलाई लाग्छ आफ्नो माया आफ्नो जीवनसाथी भन्दामाथि करिअर र महत्वकांक्षा हो भने ठाउँ साटौँ, तपाईं उहाँको सिन्दूर पोते रातो सारी, हाम्रो बुवा, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस। अनि तपाईंलाई हामीसँग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ लिएर जानुस्।'



मेरो momले मलाई बोलाउनु भयो अनि भन्नुभयो- सबै leadershipमा रहेका महिलाहरूलाई घिनलाग्दो आक्षेप लगाउछन- पहिलेको समयमा...

Posted by उषा किरण on Sunday, January 31, 2021
  • प्रकाशित मिति : माघ १९, २०७७ साेमबार १२:३७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया