काठमाडौ : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आइतबारदेखि निवेदनको तर्फबाट बहस सकिएको छ। निवेदनको पालो सकिएपछि सोमबारदेखि संवैधानिक इजलासमा सरकार पक्षले प्रतिरक्षा बहस सुरु गरेको छ।
सोमबार सरकारको तर्फबाट पहिलो नम्बरमा महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरिरहेका छन्। मूल विषयमा प्रवेश गर्नुअघि खरेलले निवेदक कानुन व्यवसायीहरुले उठाएको विषयमा जवाफ दिए।
'रिट निवेदककर्ता वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विघटन बदर गरिपाऊँ भनेर रिट दायर गर्नु भएको छ,' खरेलले बहसमा भने ' फेरि मन्त्रिपरिषद गठनसम्बन्धी अर्को मुद्दामा निर्वाचनबारे सरकारको विस्तृत योजना समेत माग्नु भएको छ।'
खरेलले अर्का रिट निवेदनकर्ता विघटित प्रतिनिधिसभा सदस्य समेत रहेका कृष्णभक्त पोखरेललाई समेत कटाक्ष गरे। 'प्रतिनिधिसभा सदस्य भनेर चिनाउनु भएका रिट निवेदनकर्ता हुनुहुन्छ कृष्ण भक्त पोखरेल, उहाँले विघटन खारेज गरिपाऊँ पनि भन्नुहुन्छ', उनले भने, 'अनि प्रधानमन्त्रीले कहीँ पुल उद्घाटन गरेको विषयलाई लिएर निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी पनि गर्नुहुन्छ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।