अभिनेत्री करिश्मा मानन्धरले नयाँ फिल्म बनाउने भएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘वनवास’ फिल्मको घोषणा गरेकी हुन् ।
फिल्ममा आफ्नै छोरी कविता मानन्धर र अभिनेता सरोज खनालको मुख्य भूमिका रहने करिश्माले जानकारी दिएकी छिन् ।
पछिल्लो समय करिश्माले ‘फागु’ नामक फिल्म बनाएकी थिइन् । लामो समयको अन्तरालपछि उनी पुनः फिल्म निर्माणमा आउन लागेकी हुन् ।
करिश्माकी छोरी कविताले शिव श्रेष्ठको निर्माणमा बनेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा काम गरिसकेकी छिन् । सो फिल्म केही साताअगाडि प्रदर्शन भएको थियो ।
करिश्माको अनुसार फिल्म सुशील क्षेत्रीले निर्देशन गर्दै छन् । फेसबुकमा करिश्माले फिल्मको थिम पोस्टर समेत सार्वजनिक गरेकी छन् ।
कथा परिवार को , कथा सम्बन्ध को " बनवास " सरोज खनाल & Kabita Manandhar ।
Posted by Karishma Manandhar on Sunday, January 31, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।