म्यानमारमा भएको सैन्य ‘कु’को विरोधमा नेविसंघको प्रदर्शन

म्यानमारमा भएको सैन्य ‘कु’को विरोधमा नेपाल विद्यार्थी संघले ललितपुरमा प्रदर्शन गरेको छ । नेवि संघ पाटन क्याम्पस इकाइको संयोजनमा नेविसंघले ललितपुरमा प्रदर्शन गरेको हो । 

नोभेम्बरमा सम्पन्न निर्वाचनमा आफूसमर्थित दलको पराजय र सुकीको दलले दुई तिहाईभन्दा बढी सिटमा विजय पाएपछि सेनाले सत्ता हातमा लिएको हो । 

म्यानमारमा सोमबार विहानै त्यहाँको प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी, राष्ट्रपतिलगायत नेतालाई नियन्त्रणमा लिएर सेनाले शक्ति हातमा लिएको छ ।

प्रदर्शनलाई नेवि संघका पूर्वकेन्द्रीय सदस्य लाओसकुमार राईले अगुवाइ गरेका थिए । कार्यक्रममा नेवि संघ पूर्व केन्द्रिय सदस्य राई, पूर्व केन्द्रिय सदस्य अनिल खनाललगायतले सुकीलाई तत्काल रिहा गर्न माग गर्दै निरंकुश शैलीको घोर विरोध जनाए । 





  • प्रकाशित मिति : माघ १९, २०७७ साेमबार २०:५५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया