नेपाली महिला टोलीले एसियन भलिबल च्याम्यिनसिप खेल्ने

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले अगस्ट २९ देखि सेप्टेम्बर ९ सम्म चीनमा हुने एसियन भलिबल च्याम्पियनसिप खेल्ने पक्का भएको छ ।
एसियन भलिबल महासंघ (एभिसी) को बैठकले सेन्ट्रल जोनका तीन टोली, नेपाल, श्रीलंका र उज्वेकिस्तानलाई सिधै सहभागी गराउने निर्णय गरेपछि नेपालले प्रतियोगिता खेल्ने पक्का भएको हो । 

वेस्टर्न र इस्टर्न जोनबाट २ टोली सहभागी नहुने भएपछि यी टोलीलाई मौका मिलेको हो । वेस्टर्न र इस्टर्न जोनबाट ती टोली सहभागी हुने भएको भए नेपाल, श्रीलंका र उज्वेकिस्तानले छनोट खेल खेल्नुपर्ने थियो । यी तीनमध्ये एक टोलीले मात्र प्रतियोगिता खेल्न पाउँथ्यो । 

कोरोना भाइरसका कारण १६ टिम सहभागी हुने प्रतियोगिताको मितिमा केही फेरबदल हुनसक्ने एभिसीले बताएको छ । 

प्रतियोगितामा सहभागी टोली 
आयोजक : चीन
साउथ इस्टर्न जोन : भियतनाम
ओपसयान : न्युजिल्याण्ड
सेन्ट्रल जोन : नेपाल, श्रीलंका, उज्वेकिस्तान

वरियताका आधारमा सिधा छनोट भएका टिम
काजकस्तान, जापान, चाइनिज ताइपेइ, भारत, हङकङ, इरान, अस्ट्रेलिया, दक्षिण कोरिया, थाइल्याण्ड र इन्डोनेसिया ।





  • प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार १०:५८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया