२ मंसिर, २०८२ मंगलबार
Nov. 18, 2025

ओली सरकारले नै थुनेका विप्लवका नेता भेट्न किन नख्खु कारागार पुगे खानेपानी मन्त्री ?

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका नेतालाई भेट्न खानेपानी तथा सरसफाई मन्त्री मणि थापा नख्खु कारागारमा पुगेका छन् । मंगलबार बिहान मन्त्री थापाले नख्खु कारागार पुगी विप्लव नेकपामा नेता हेमन्त प्रकाश वलीलाई भेटेको मन्त्री थापाका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए। 


स्वकीय सचिव गौतमका अनुसार मन्त्री थापा र नेता वलीबीच व्यक्तिगत विषयमा कुराकानी भएको हो। ‘जेलमा भएका समस्या र सुधार गर्नुपर्ने विषयका बारेका कुराकानी भयो’ गौतमले भने ।  उनीहरुबीच राजनीतिक विषयमा खासै कुराकानी नभएको स्वकीय सचिव गौतमको भनाइ छ। 



मंगलबार बिहान ११ः३० बजेसम्म मन्त्री थापा नख्खु कारागारमै रहेको गौतमले जानकारी दिए। 

कारागारमा खानेपानीको समस्या भएकाले त्यसको समाधानका विषयमा छलफल गर्न भन्दै मन्त्री कारागार पुगेको कारागार प्रशासनले जानकारी दिएको छ । कारागार प्रशासनका अनुसार मन्त्री थापाले डिप बोरिङ गरी खानेपानीको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन्। 



नेकपा दुई समूहमा बाँढिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमोओवादी पक्षलाई आफ्नो कित्तामा तान्न निकै जोडबल गरिरहेका छन् ।  सरकारले प्रतिबन्ध लगाएको पार्टीका नेतालाई जेलमै पुगेर मन्त्रीले कुराकानी गर्नुमा कुनै रणनीति रहेको अनुमान लगाउन सकिन्छ। 

विप्लव नेकपामा महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ पछिका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ हुन् । वली सो पार्टीका तेस्रो नेता हुन्। 



  • प्रकाशित मिति : २० माघ, २०७७ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया