उपेन्द्रका 'विश्वासपात्र' बालुवाटारमा : ओलीले गरे नेकपामा स्वागत

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. शिवजी यादव सत्तारुढ पार्टी नेकपाको ओली समूहमा प्रवेश गरेका छन् । यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अबेर नेकपामा प्रवेश गराएका हुन् । 

जसपाका अध्यक्ष उपेन्द्र यादवको निकट मानिएका यादव उपेन्द्रसँगको मनमुटावका कारण ओली समूहमा प्रवेश गरेक‍ो उनीनिकट एक नेताले बताए । यादव गएराति १० बजे बालुवाटारमा गएर ओली समूहमा प्रवेश गरेका हुन् । 

डा. यादव दोस्रो संविधानसभामा समानुपातिक तर्फका सदस्य थिए । उनी तत्कालीन मधेसी जनअधिकार फोरम र पछि संघीय समाजवादी फोरमको संसदीय दलका प्रमुख सचेतक रहेका थिए । 





  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार ९:४९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया