२४ घण्टामा देशभर थपिए १४२ कोरोना संक्रमित एकको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १४२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार ३ हजार ५९७ जनाको पिसिआर परीक्षण भएकोमा १४२ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४३१  पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ६७ हजार ६५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २०६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३१ पुगेको छ ।  

आज सक्रिय संक्रमितको संख्या २ हजार ३३५ रहेको छ ।





  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार १६:४७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया