काठमाडौँ उपत्यकामा ५५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार बुधबार काठमाडौँमा ४४, भक्तपुरमा ३, ललितपुरमा ८ जना कोरोना संक्रमित भेटिएका हुन् ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर १४२ कोरोना संक्रमित भेटिएका छन् । यससँगै संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितले ज्यान गुमाएको प्रवक्ता गौतमले बताए । आज मृत्यु हुनेसहित नेपालमा कोरोनाबाट २ हजार ३१ जनाको मृत्यु भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।