लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश प्रमुखमा दीपक गुरुङ मनोनीत
खेलक्षेत्रमा रहेका भ्रष्टाचार, अनियमिततालगायत विकृति अन्त्य गर्ने प्रतिबद्धता

लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश प्रमुखमा दीपक गुरुङ मनोनीत भएका छन् । ०७१ सालमा स्थापना भएको लोकतान्त्रिक खेलकुद संघ नेपाली कांग्रेसको भ्रातृसंगठन हो ।

प्रदेश प्रमुख गुरुङ बक्सिङका पूर्वराष्ट्रिय खेलाडी हुन् । गुरुङले नेपाल बक्सिङ संघको पूर्वमहासचिवको जिम्मेवारी सम्हालिसकेका छन् । बुढानीलकण्ठ ११ का बासिन्दा गुरुङले लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको लामो कालखण्ड बिताएका छन् । 

बागमती प्रदेशको प्रमुखमा निर्वाचित गुरुङले आफूलाई पार्टीले दिएको जिम्मेवारी इमानदारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

फरकधारसँग कुराकानी गर्दै गुरुङले खेलक्षेत्रमा रहेका भ्रष्टाचार, अनियमिततालगायत विकृति अन्त्य गर्न आफू लागिपर्ने बताए । साथै, उनले ओलम्पिक खेल दर्ता भएका विभिन्न खेलको स्तरोन्नति गरेर नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान गर्ने बताए । 

आगामी दिनमा लोकतान्त्रिक आन्दोलनमा लामो समय योगदान गरेका विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालगायत नेताहरुको जन्मजयन्तीका अवसरमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरेर नेपालको खेलकुदमा यागदान गर्ने योजना रहेको गुरुङले फरकधारलाई बताए । 

लोकतान्त्रिक खेलकुद संघले लोकतन्त्रमा विश्वास गर्ने मात्र नभई समग्र खेलकुदमा लागेका खेलाडीहरुको हकअधिकार र जीविकोपार्जनका सवालमा भूमिका निर्वाह गर्ने गुरुङले बताएका छन् । 





  • प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार १९:९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया