संवैधानिक नियुक्ति बदरको मागसहित रिट लिएर सर्वोच्च पुगे सभामुख सापकोटा
फाइल तस्बिर

संवैधानिक नियुक्तिका विरुद्ध रिट निवेदन लिएर सभामुख अग्निप्रसाद सापकोटा सर्वोच्च अदालतमा पुगेका छन् । राष्ट्रपति भण्डारीले बुधबार संवैधानिक निकायका पदाधिकारी तथा सदस्यहरुलाई शपथ गराएपछि सभामुख सापकोटा आफै अदालत पुगेका हुन् । 

अध्यादेशमार्फत संविधानको मर्म र भावनाविपरीत परिषदसम्बन्धी ऐन संसोधन गरी बसेको परिषद् बैठकले गरेका नियुक्ति सिफारिस असंवैधानिक भएको भन्दै सभामुख सापकोटा रिट निवेदन लिएर सर्वोच्चमा पुगेका हुन् । 

रिट निवेदन दर्ता भएलगत्तै केहीबेरमा पत्रकार सम्मेलन गर्दै विषय सम्बन्धित जानकारी सार्वजनिक गरिने सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार ११:३५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया