संवैधानिक नियुक्तिविरुद्ध सभामुख सापकोटाको रिट दर्ता, आइतबारका लागि पेसी तोकियो
फाइल तस्बिर

संवैधानिक नियुक्तिका विरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । सभामुखले दर्ता गराएको रिटको आइतबारका लागि पेसी तोकिएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संवैधानिक निकायका पदाधिकारी तथा सदस्यहरुलाई शपथ गराएपछि सभामुख सापकोटा आफै अदालत पुगेका हुन् । उनले रिटमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितलाई विपक्षी बनाएका छन् । 

अध्यादेशमार्फत संविधानको मर्म र भावनाविपरीत परिषद्सम्बन्धी ऐन संसोधन गरी बसेको परिषद् बैठकले गरेका नियुक्ति सिफारिस असंवैधानिक भएको भन्दै सभामुख सापकोटा रिट निवेदन लिएर सर्वोच्चमा पुगेका हुन् । 





  • प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार १२:३६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया