केपी शर्मा ओली गौतम बुद्धका उत्तराधिकारी हुन् : सत्यनारायण मण्डल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले केपी ओलीलाई भगवान गौतम बुद्धको उत्तराधिकारीको संज्ञा दिएका छन्। नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि आयोजित जनसभालाई शुक्रबार सम्बोधनका क्रममा मण्डलले ओलीलाई गौतम बुद्धको उत्तराधिकारीको संज्ञा दिएका छन्। 

मण्डले दाहाल-नेपाल समूहलाई लक्षित गर्दै विचारको राजनीति सकिएपछि सडकमा गएर 'म यहाँ छु' भनेर बसेको भन्दै कटाक्ष गरे। 'आफ्नै पार्टीको सरकार ढाल्न अघि बढेकाहरू अहिले केही नलागेर सडकमा बसेका छन्', उनले भने, 'विचार र सिद्धान्त नभएपछि आफैं उनीहरुको हालत त्यस्तो हुन पुग्यो।

'प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै विकल्प छैन, उहाँलाई हामीले गौतम बुद्धका उत्तराधिकारीका रुपमा लिएका छौं', उनले भने, 'उहाँलाई हामी सबै मधेसी र सम्पूर्ण मधेसको प्यार रहेको छ।'





  • प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार १३:४६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया