अब एक घण्टामै केरुङ पुग्न सकिन्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अब एक घण्टामै चीनको केरुङ पुग्ने गरी सडक बनाउने काम भइरहेको बताएका छन्। काठमाडौंबाट करिब ७५ किलोमिटर दूरीको केरुङ अब एक घण्टामै पुग्ने गरी सरकारले काम गरिरहेको उनले बताए।

'अहिले गरिबलाई जनतालाई माया गर्ने सरकार छ। तपाईंहरूलाई हिजो यहाँ आउन नेपाल बन्द गरियो आज बाटामा खाल्टा खनियो', उनले भने, 'कतिपय ठाउँमा बम राखेर विप्लव लेख्ने काम भयो। त्यसका बावजुद इतिहासकै सबैभन्दा ठूलो जनसभा हो यो।'

उनले विकासको गति लिएका बेला रेल र सुरुङमार्ग तीव्र गतिमा बनिरहेको बताए। 'अब केही दिनमा जनकपुर-जयनगर रेल चल्दैछ। पूर्व-पश्चिम रेल निर्माण सुरु भइसकेको छ', उनले भने, 'अब केरुङ पनि एक घण्टामै पुग्न सकिन्छ। हामी राम्रा बाटा बनाउँदैछौँ।'

उनले पार्टी एक हुन्जेल कामै गर्न नदिएको बताए। 'पार्टी एक हुन्जेल सरकारलाई कामै गर्न दिएनन्', उनले भने, 'तीन वर्षसम्म आयोग बन्न सकेनन्। तर दुई चारजना मानिस छाडेर गएपछि आयोगहरू  बने, अब दनादन काम हुन थाल्छ।'





  • प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार १४:५९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया