सर्वोच्चबाट साधारण तारेखमा रिहा भए डिएसपी कुमोद ढुंगेल

काठमाडौं : सर्वोच्च अदालतले नेपाल प्रहरीका डिएसपी कुमोद ढुंगेलका पक्षमा फैसला गरेको छ। सर्वोच्चले यसअघि काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न दिएको आदेशलाई नै सदर गरिदिएको हो।

शुक्रबार न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाश ढुंगानाको इजलासले साधारण तारेखमा रिहा गर्न दिएको आदेशलाई सदर गरेको हो। आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पक्राउ परेका ढुंगेल जिल्ला अदालतको आदेशपछि रिहा भएका थिए।

उनलाई गत वैशाखमा प्रहरी प्रधान कार्यालयले पदबाट निलम्बन गरेको थियो । डकैती गर्ने समूहसँग साँठगाँठ रहेको आशंकामा उनलाई निलम्बन गरिएको थियो ।

साँठगाँठको घटनाबाहिर आएपछि प्रहरी प्रधान कार्यालयले ढुंगेलमाथि छानबिन सुरु गरेको थियो। तर उनले अपराध अनुसन्धानका क्रममा प्रयोग गरिएको विधिलाई साँठगाँठ भनेर आफ्नो बदनाम गरिएको बताउँदै आएका छन्।

काठमाडौंको रानीबारीका लालेन्द्र शेरचनको घरमा भएको डकैती गर्नेमध्ये विक्रम श्रेष्ठले डीएसपी ढुंगेलको मोबाइलमा सन्देश पठाएको भेटिएका थियो। उनले ढुंगेलसँग भेटघाट गरेको पाएपछि अनुसन्धानमा तानिएका थिए।
 





  • प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार २३:१८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया