चीन सरकारले नेपाललाई ५ लाख डोज कोभिड भ्याक्सिन उपलब्ध गराउने भएको छ । शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ५ लाख डोज भ्याक्सिन उपलब्ध गराउने बताएका हुन् ।
मन्त्री ज्ञवाली र चिनियाँ समकक्षी यीबीच हिजो शुक्रबार टेलिफोनमा कुराकानी भएको थियो । त्यस विषयमा प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले चीनले नेपाललाई ५ लाख खोप अनुदान दिने बताएको छ ।
टेलिफोनमा मन्त्री ज्ञवाली र चिनियाँ समकक्षी यीबीच दुई देशको आपसी सम्बन्ध, कोरोना महामारी, दुई देशको आपसी हितका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले चीन नेपालमा आवश्यक कोरोना भ्याक्सिनका लागि सहकार्य गर्न तयार रहको पनि बताएका छन् । उनले चीनले नेपाललाई प्राथमिकतामा राखेको पनि बताएका मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।