वर्तमान संकट मधेसी जनताले कांग्रेसलाई हराएको परिणाम : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मधेसी जनताले कांग्रेसलाई हराएको परिणामका कारण वर्तमान राजनीतिक संकट निम्तिएको बताएका छन् । 

शनिबार नेपाली कांग्रेसका भ्रातृ संगठनद्वारा आयोजित विरोध प्रदर्शनको कोणसभामा बोल्दै उपसभापति निधिले मुलुक प्रतिगमनतर्फ धकेलिनुमा मधेसी जनता पनि दोषी भएको बताएका हुन् । 

आज नेपाली कांग्रेस सत्तामा भएको भए यस्तो अवस्थाको सिर्जना नहुने दाबी गर्दै उनले हजारौँको शहादतबाट प्राप्त भएको उपलब्धि संघीयता र संविधानसमेत समाप्त हुने अवस्थामा पुगिसकेको बताए । केपी शर्मा ओलीजस्ता निरंकुशले आफ्नो पार्टीभित्रको विवादका कारण मुलुकलाई प्रतिगमनतर्फ धकेलेको उनको आरोप थियो । 

मुलुकलाई बचाउन प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने बताउँदै उनले पुनःस्थापना नभए निर्वाचनमा जानुको विकल्प नरहेको बताए । निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएकाले त्यसबाट कांग्रेस पछि नहट्ने उनको भनाइ थियो । 





  • प्रकाशित मिति : माघ २४, २०७७ शनिबार १७:५७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया