यो दुस्साहस : ल्यान्डिङ गियरमा लुकेर केन्याबाट नेदरल्यान्ड्स पुगे किशोर
दुई दिनमा ८ हजार किलोमिटरको यात्रा

केन्याको नैरोबी एयरपोर्टबाट एक कार्गो प्लेन टर्की र ब्रिटेन हुँदै नेदरल्यान्ड्स पुग्यो। अर्थात यो जहाजले दुई दिनमा ८ हजार किलोमिटर यात्रा तय गर्‍यो।

तर अनौठो के भयो भने उक्त जहाजको ल्यान्डिङ गियरमा १६ वर्षीय एक किशोर लुकेका भेटिए। अहिले उनी नेदरल्यान्ड्सको मास्त्रिख्त शहरस्थित अस्पतालमा उपचाररत छन्। 

पत्याउनै गाह्रो

स्टुफ डट सिओ डट एनजेड एक रिपोर्टमा यो कुरा उल्लेख गरिएको छ। रिपोर्ट अनुसार बुधवार केन्याको नैरोबीबाट एयरबस ए ३३० कार्गो जहाजले उडान भरेको थियो। तर कसरी कसरी १६ वर्षीय एक केन्याली किशोर यसको ल्यान्डिङ गियरमा लुकेका थिए। टर्की र ब्रिटेनमा त यो जहाज अवतरण पनि गरेको थियो।

ब्रिटेनपछि यो जहाज शुक्रवार दिउँसो नेदरल्यान्ड्सको मास्त्रिख्त एयरपोर्टमा पुग्यो। यहाँ जब इन्जिनियले जहाजको जाँच गर्न थाले तब ल्यान्डिङ गियरमा यी किशोर भेटिए। उनलाई त्यहाँबाट बाहिर निकालेर अस्पताल पठाइयो।

जिउँदै भेट्दा चकित



रिपोर्टमा यी किशोरको नाम खुलाइएको छैन। मेडिकल विज्ञलाई उद्धृत गर्दै प्रकाशित समाचार अनुसार त्यति लामो यात्रामा ती किशोर कसरी बाँच्न सके सबै चकित परेका छन्। तर लामो यात्राले उनलाई हाइपोथर्मिया भएको छ।

यो एक मेडिकल असर हो। यो जब हुन्छ तब कुनै कारणले शरीरको तापक्रम खतरनाक स्तरसम्म कम हुन जान्छ। यसबाट नसा जाम हुन सक्छन् र त्यहीकारण मृत्यु पनि हुन्छ। तर यी किशोर कसरी बाँचे, यही कुराले डाक्टर पनि हैरान भएका छन्। 



मुकद्दरका सिकन्दर

नेदरल्यान्ड्सको अध्यागम अधिकारी ती किशोर त्यो जहाजको ल्यान्डिङ गियरसम्म कसरी पुगे भन्ने कुरा पत्ता लगाउन जुटेका छन्। यति लामो यात्रामा किशोर लुकेको जानकारी कसैलाई किन थाहा भएन? यो जहाज सबैभन्दा माथि ३८ हजार फिटको उचाइमा पुगेको थियो। यस उचाइमा अक्सिजन तह एकदमै कम हुन्छ। यस्तोमा जीवितै रहने सम्भावना एकदमै कम हुन्छ। 

अर्को रोचक कुरा भनेको जब जहाज अवतरण हुन्छ तब चक्का खुल्छन्। कोही लुकेको भए पनि जमिनमा खसेर ज्यान जान सक्छ। यी किशोर यो सम्भावनाबाट पनि जोगिए। एक अधिकारीले यी किशोरलाई‘मुकद्दरका सिकन्दर’नै भनेका छन्। 

सन् २०१९ मा केन्या एयरवेजको एक जहाजमा यस्तै एउटा घटना भएको थियो। यो जहाज लण्डनको हिथ्रो एयरपोर्ट पुगेको थियो। यो जहाज अवतरण हुनुअघि नै घाम तापिरहेका एक व्यक्तिले फोन गरेर एयरपोर्ट अधिकारीहरुलाई ल्यान्डिङ गियरमा कोही अड्किएको सूचना दिएका थिए।

सन् १९९७ मा पनि यस्तो भएको थियो। यस पटक जहाज नैरोबीबाट नै आइरहेको थियो। यो जहाज ब्रिटेनको ग्याटविक एयरपोर्टमा अवतरण भयो। त्यसको अघिल्लो ल्यान्डिङ गियरमा एक केन्यालीको शव भेटिएको थियो।

  • प्रकाशित मिति : माघ २४, २०७७ शनिबार २०:५२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया