माधव-प्रचण्ड नेकपाका विद्यार्थीको नारा : केपी ओली.... वि हेट यु !

काठमाडौं : पुस ५ को प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा दाहाल-नेपाल समूहका विद्यार्थीहरुले आज पनि प्रदर्शन गरेका छन्। काठमाडौंको हनुमानथनस्थित सडकमा जम्मा भएर उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी गरेका छन्। 

दाहाल-नेपालनिकट अनेरास्ववियुका संयोजक रञ्जीत तामाङको नेतृत्वमा पुगेका विद्यार्थीहरुले प्रधानमन्त्रीको कडा आलोचनासहित प्रदर्शन गरेका हुन्। उनीहरुले प्रधानमन्त्रीविरुद्ध अशोभनीय नारासमेत लगाएका थिए। 

प्रतिनिधिसभा विघटनको कदम सच्याउन मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने उद्देश्यसहित उनीहरु सिंहदरबार जाने योजनामा थिए। तर उनीहरुलाई प्रहरीले हनुमानथानमै रोकेर निषेधित क्षेत्रमा जान नदिएको हो।

तामाङ नेतृत्वका विद्यार्थीहरुले प्रधानमन्त्रीविरुद्ध 'केपी ओली मुर्दावाद', 'केपी.....र देश छोड', 'आर्यघाटले के भन्छ केपी ओली ले भन्छ', 'असंवैधानिक कदम खारेज गर' जस्ता नाराबाजी गरेका थिए। 

विरोधपत्र बुझाउन नपाएपछि संयोजक तामाङले कार्यक्रमस्थलमै बाचन गरेका थिए। उनले प्रधानमन्त्रीलाई हनुमानगिरी गर्नेहरुले घेरेको आरोप पनि लागए। 'देशका सम्माननीय प्रधानमन्त्रीलाई हनुमानगिरी गर्नेहरुले घेरेका छन्। तपाईं बा भन्ने नक्कली छोराछोरीबाट घेरिनु भएको छ', उनले भने, 'स्वार्थी स्यलाहरुबाट घेरिनु भएको छ। तपाईं कायर हुनुहुँदो रहेछ। हामीले त श्री ३ जंगबहादुर भनेका थियौँ।'



विरोधपत्र बुझाउन नपाएपछि तामाङले देशमा प्रधानमन्त्री नै नरहेको टिप्पणी गरे। 'अहिले देशमा प्रधानमन्त्री नै छैनन्, देशमा छन् कि विदेशमा छन् थाहा भएन,' उनले भने, 'हामीले विरोधपत्र बुझाउन पाएनौँ। हामीलाई प्रमुख जिल्ला अधिकारीमार्फत बुझाउनु भने।'



  • प्रकाशित मिति : माघ २५, २०७७ आइतबार १५:३७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया