बहसको समय तोकियो : माघ ३० सम्म सरकारपक्षका वकिलले बहस सक्नुपर्ने

काठमाडौं : प्रतिनिधिसभा विघटनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट प्रतिरक्षा गर्न आएका वकिलहरूले माघ ३० सम्म बहस सक्नुपर्ने भएको छ। आइतवार प्रतिरक्षा बहसमा आएका अधिवक्ता रमेश बडालले समयमा बार्गेनिङ गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले माघ ३० गतेभित्र विपक्षीतर्फका सबैले बहस सक्नु पर्ने बताए ।

सरकारी वकिलहरुपछि बहसमा आएका बडाललाई ३० मिनेटको समय इजलासले दिएको छ। 'हामीले तपाईंहरूलाई दिएको माघ १९ देखि हो, ३० गतेसम्म सबैको तर्फबाट सिध्याइसक्नुपर्छ', उनले भने, ‘अब सहयोगी वरिष्ठ अधिवक्ताज्यूहरुलाई पनि समय दिनुपर्यो, त्यसपछि हामीलाई पनि केही समय लाग्ला।’

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री र सभामुख लगायतलाई विपक्षी बनाएर हालिएका १३ वटा रिटमाथि अहिले बहस भइरहेको छ। आइतबार सरकारी वकिलहरूले बहस सकेका छन्। अब प्रधानमन्त्रीका निजी वकिलहरूले बहस गर्ने छन्।





  • प्रकाशित मिति : माघ २५, २०७७ आइतबार १५:४६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया