नेपाल कम्युनिस्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले प्रतिनिधिसभा विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र लेखेको छ ।
आइतबार अनेरास्ववियुले प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटनको विरोध गर्दै लेखिएको पत्र प्रधानमन्त्रीलाई नै दिन चाहे पनि समय नदिएपछि पत्रको ठूलो ब्यानर बनाएर प्रदर्शन गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विरोधपत्र दर्ता गर्न जाँदा पनि विरोध पत्र दर्ता नभएपछि अनेरास्ववियुले हनुमानथानस्थित सडकमा नाराबाजी तथा प्रदर्शन समेत गरेको थियो ।
अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङले देश गम्भीर संकटमा रहेको बेलामा युवा विद्यार्थीको तर्फबाट प्रधानमन्त्री ओलीसमक्ष आफ्नो भावना तथा धारणा राख्नु कर्तव्य ठानी प्रयास गरिएको भए पनि समय नदिएकोमा आपत्ति जनाए । आगामी दिनमा ओली सरकारका मन्त्रीको देश दौडाहामा विरोध प्रदर्शन गरिने सहसंयोजक तामाङले बताए ।
अनेरास्ववियुले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर विरोधको कार्यक्रम गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।