पत्रकारलाई आजदेखि कोरोनाविरुद्ध खोप 'कोभिशिल्ड' लगाइँदै
फाइल तस्बिर

सरकारले आजदेखि पत्रकारहरुलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाउने भएको छ । पत्रकारहरुका लागि सिभिल अस्पतालमा बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाइने भएको हो । 

खोप लगाउनका लागि सूचना विभागको प्रेस पास, पत्रकार महासंघको सदस्य वा महासंघले सिफारिस गरेका संचारकर्मी हुनुपर्नेछ । कोरोनाविरुद्धको खोप आज माघ २६ गते विहान १० बजे देखि ४ बजेसम्म लगाइनेछ । 

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज 'कोभिशिल्ड'मध्ये पहिलो चरणमा फ्रन्टलाइनरहरुले लगाइसकेका छन् । आजदेखि दोस्रो चरणमा पत्रकारसहितका व्यक्तिलाई लगाउन सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : माघ २६, २०७७ साेमबार ८:४४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया