बैतडीको दोगडाकेदार नगरपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टमा देखिएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टममा उनको बलात्कार र घाँटी थिचेर हत्या भएको पुष्टि भएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार पोस्टमार्टम रिपोर्ट आज प्रहरीलाई दिइएको छ । एक उच्च प्रहरी अधिकारीले भने, ‘बलात्कार र घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ । घाँटी निमोठेको र अन्य केही भित्री चोटहरू पनि छन् । थप अनुसन्धान भने जारी छ ।’
कक्षा १२ मा अध्ययनरत भागरथी बुधबार बिहान सनातन धर्म माध्यमिक विद्यालय गए पनि साँझसम्म घर फर्किएकी थिइनन् । उनी बिहीबार बिहान मुख्य सडकको केही भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । पोस्टमार्टम रिपोर्ट आउनुअघि प्रहरीले हत्या मात्रै हो या बलात्कार पनि भन्ने यकिन गर्न सकेको थिएन । घटनाको अनुसन्धानमा प्रहरीका विभिन्न टोली खटिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।