आगामी वैशाखमा गर्ने भनिएको मध्यावधि चुनावबारे निर्वाचन आयोगसँग छलफल गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। मंगलबार बिहान निर्वाचन आयोगमा करिब एक घण्टा छलफल गरिसकेपछि नियमित भेटका लागि भन्दै ओली शीतल निवास पुगेको स्रोतले जानकारी दिएको छ।
निर्वाचन तयारीका लागि भन्दै आयोगमा पुगेका ओलीले आधिकारिक नेकपासमेत आफ्नै नेतृत्वको रहेको जिकिर गरेका थिए। उनले अहिलेसम्म आफ्नै हस्ताक्षर आधिकारिक रहेको तर्क गर्दै त्यही अनुसार पार्टीले पनि आधिकारिकता पाउनुपर्ने तर्क आयोगमा गरेका थिए।
आयोगमा छलफल गरेपछि प्रधानमन्त्री त्यहाँबाट सिधै शीतल निवास पुगेका हुन्। आयोगमा जस्तै राष्ट्रपतिसँग पनि प्रधानमन्त्रीले लामो संवाद गरेका छन्। निर्वाचन आयोगमा पुगेर निर्वाचनको तयारीलाई तीव्र बनाउन आग्रह गरेका ओलीले राष्ट्रपतिसँग गरेको भेटलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।