'आज पाँच लाख जनता आए, अब १० लाखले सिंहदरबार-बालुवाटार घेर्छौं'

नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज काठमाडौंमा भएको विरोधसभामा ५ लाख मानिस उत्रिएको बताएका छन्। दाहाल-नेपाल समूहद्वारा भृकुटी मण्डपमा आयोजित प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित सभामा बोल्दै उनले यस्तो बताएका हुन्। 

'मलाई यहाँ खबर आएको छ, आज हाम्रो सभामा ५ लाख मानिस आएका छन् भन्ने एसएमएस आएको छ', उनले भने, 'हामी अब योभन्दा धेरै अर्थात १० लाख मानिससहित सिंहदरबार र बालुवाटार घेर्न आउने छौँ।'

प्रचण्डले आफूहरुको कार्यक्रममा आएका भीडकै कारण सर्वोच्चले निर्णय लिनुपर्ने पनि बताए। 'यो भीड देखेर अब जनताको पक्षमा निर्णय लिन सर्वोच्च अदालतलाई सहज भएको छ। यदि यो जनताको भीड बेवास्ता गरेर सर्वोच्चले फैसला गरे देशमा आँधीहुरी  आउँछ। देशमा फेरि शान्तिपूर्ण क्रान्ति हुन्छ, 'ग्रिन रिभोल्युसन' हुन्छ', उनले भने, '१० लाख जनता ल्याएर बालुवाटार र सिंहदरबार घेर्न आउनु नपरोस्। केपीको चुनावी नौटंकी हुनेवाला छैन।'





  • प्रकाशित मिति : माघ २८, २०७७ बुधबार १६:४४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया