टाइगर कप : विभागीय डर्बीमा पुलिसको जित

पोखरामा जारी टाइगर कप भलिबलको महिलातर्फ नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । उसले बुधबार पोखरा रंगशालमा भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ३–१ सेटको जित निकालेको हो । 

पहिलो सेट १८–२५ ले गुमाए पनि पुलिसले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट  २५–२२ तेस्रो सेट २५–२३ र चौथो सेट २५–१६ ले आफ्नो पक्षमा पार्‍यो ।

पुलिसले पहिलो खेलमा नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । आर्मीको यो लगातार दोस्रो हार हो । उसले पहिलो खेलमा न्यु डाइमन्ड एकेडेमीसँग ३–२ सेटको पराजय बेहोरेको थियो ।





  • प्रकाशित मिति : माघ २८, २०७७ बुधबार १८:१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया