भागरथीलाई न्याय माग्दै बालाजुमा ग्रामीण र एन आर क्याम्पसका विद्यार्थीको प्रदर्शन

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा नेपाल विद्यार्थी संघ, ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पसका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । 

सरकारले बलात्कारीलाई सजाय दिन आनाकानी गरेको भन्दै विद्यार्थीहरूले चर्को नारा लगाएका थिए । नेपालटार क्याम्पस गेटबाट नाराबाजी गर्दै नेवि संघका नेता कार्यकर्ता, विद्यार्थीहरु बाइपास हुँदै माछापोखरी चोक  पुगेर कोण सभा गरेका थिए । 

कोण सभामा सम्बोधन गर्ने विद्यार्थी नेताहरूले ’बलात्कारीलाई कानुनी कारबाही गर्न, भागरथी तथा निर्मलालाई न्याय र सम्झना कामी लगायतलाई न्यायको माग गरेका थिए । उनीहरुले करिब एक घन्टा चक्काजाम समेत गराए ।





  • प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार १०:४९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया