सर्वाेच्चमा प्रतिरक्षा बहस : पहिलेका श्री ३ र राजा बराबरको अधिकार ओलीलाई छ

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाई अहिले सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी छ । बिहीबार १ बजेबाट प्रधानमन्त्रीका वकिलहरूको बहस सकिएको छ।  

प्रधानमन्त्रीको प्रतिरक्षामा अन्तिम बहस अधिवक्ता भगवती पाण्डेले गरेकी थिइन् । उनी भन्दा अगाडि अधिवक्ता रामचन्द्र गौतमले प्रतिरक्षा बहस गरेका थिए । 

गौतमले राणकालीन समयका श्री ३ महाराज र त्यसपछिका राजामा रहे बराबरको अधिकार अहिलेको प्रधानमन्त्रीमा रहेको दावी इजलासमा प्रस्तुत गरेका छन् । 

‘२००४ सालको नेपालको पहिलो वैधानकि कानुनले श्री ३ लाई अधिकार दिएको थियो’ इजलासमा अधिवक्ता गौतमले भने, ‘ त्यसपछिका संविधानले राजालाई अधिकार दिएका थिए । त्यति नै अधिकार अहिलेको संविधानले केपी ओलीलाई दिएको छ।’

सोही आधारमा अहिलेको प्रधानमन्त्री भनेको श्री ३ र राजा बराबरको अधिकार भएको मान्छे दावी उनले गरेका थिए।

प्रधानमन्त्रीको तर्फबाट प्रतिरक्षा बहस सकिएपछि सभामुखका तर्फबाट श्री कृष्ण सुवेदी वहस सुरु गरेका थिए । 



सभामुखका तर्फबाट लव कुमार मैनाली, श्याम प्रसाद खरेल र श्री कृष्ण सुवेदीले वहस गर्नेछन् । सभामुखका तर्फबाट हुने बहस पनि आजै सकिने सम्भावना छ।



  • प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार १३:३७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया