रामकुमारीको गिरफ्तारी उत्पीडित वर्गमाथिको आक्रमण : प्रचण्ड

काठमाडौं : नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृ रामकुमारी झाँक्रीको गिरफ्तारी मगर समुदाय र उत्पीडित वर्गमाथिकै हमला भएको बताएका छन् ।

आदिवासी जनजाति मगर संघको राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधनका क्रममा प्रचण्डले तानाशाहको बाटोमा रहेको केपी ओली सरकारले आदिवासी-उत्पीडित समुदायमाथि हमला गर्ने योजना अनुसार झाँक्रीलाई पक्राउ गरेको बताएका हुन् ।

'रामकुमारी झाँक्रीलाई हिजैदेखि समात्न खोजेको थियो। प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गर्न बल गरेको रहेछ', उनले भने, 'रामकुमारीलाई पक्राउ गरेर लगेका छन्। मगर नेता र हाम्रा कम्युनिष्ट पार्टीका लागि पनि यो चुनौती भएको छ।'

झाँक्रीलाई बिहीबार मध्यान्ह शंखखुलस्थित निवासबाटै महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ। उनलाई त्यहाँ एसएसपी दीपक थापासहितले सोधपुछ गरिरहेका छन्। 





  • प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार १३:५७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया