आइसिसी लिग–२ अन्तर्गत नेपाल ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज स्थगित भएको छ । उक्त सिरिज मार्च १९ देखि २८ सम्म ओमानमा हुने तय भएको थियो ।
कोरोनाको प्रभाव, लामो क्वारेन्टिनको प्रावधान, विभिन्न देशहरूबीच रहेको ट्राभल रेट्रिक्सन लगायतका विभिन्न कारणले भ्रमण स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार विज्ञप्तिमार्फत् जानकारी गराएको हो ।
क्यानले सिरिजका लागि केही समयअघि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । पहिलो चरणमा शनिबारदेखि बिहीबारसम्म २१ खेलाडीले प्रशिक्षण पनि गरिसकेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।