काठमाडौं : देशमा पछिल्लो समय महिलामाथि भइरहेका बलात्कारसहितका हिंसाका घटनाविरुद्ध वसन्तपुरदेखि सिंहदरबारसम्म मार्चपास गरिएको छ। महिलामाथिका हिंसा र विदेभविरुद्ध बृहत् नागरिक आन्दोलनले प्रतीकात्मक शव र मलामीसहित वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास गरेको हो
महिलामाथि निरन्तर हिंसा बढिरहँदा पनि सरकारले दोषीहरुलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै मार्च पासमा सहभागीहरुले आक्रोश पोखेका छन्। उनीहरुले न्याय चाहियो, महिला हिंसा अन्त्य गर जस्ता नारा लगाएका थिए।
भिडियो
यो मार्च पासमा अधिकांश सहभागी महिला र किशोरीहरु छन्। हिंसा र बलात्कारविरुद्ध आवाज उठाउँदै प्रतीकात्मक शव र मलामीसहित उनीहरुले वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म मार्च पास गरेका हुन्।
वसन्तपुरदेखि अघि बढेको यो जुलुस न्युरोड गेट, रत्नपार्क, भृकुटीमण्डप र भद्रकाली हुँदै सिंहदरबार मूल गेटसम्म आइरहेको छ। सिंहदरबार मुलगेट अगाडि कोणसभा तयारी गरिएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।