पछिल्लो २४ घण्टामा देशभर १२७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार जनाको पिसिआर परीक्षण भएकोमा १२७ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ६८ हजार ७९६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १३६ जना कोरोना मुक्त भएका छन् ।
यसैगरी २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमितको मृत्युको संख्या २ हजार ५४ रहेको छ । आज सक्रिय संक्रमितको संख्या १ हजार ७०७ रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।