नेकपा ओली समूहका महासचिव विष्णुप्रसाद पौडेलले आधिकारिक नेकपा र चुनाव चिन्ह सूर्य आफ्नै समूहको हुने बताएका छन्। बुटवलमा शनिबार आयोजित जनसभामा बोल्दै पौडेलले यस्तो बताएका हुन्।
'नेकपाको वैधानिकता केपी ओलीले नेतृत्व गरेको पार्टीसँगै छ। सूर्य चिन्ह पनि केपी ओलीसँगै छ', उनले भने, 'हातमा रहेको सूर्य चिन्हलाई आत्मविश्वाससहित फहराउनुस्। वैशाख १७ र २७ गते मध्यावधि चुनाव हुन्छ। यहाँहरु जनसभाबाट फर्किएपछि टोल टोलमा चुनावको तयारीमा लाग्नुस्।'
उनले लुम्बिनी प्रदेशमा वैशाख १७ गते चुनाव हुने भन्दै त्यसको तयारीमा लाग्न पनि अपिल गरे। 'हिजो हारेका ठाउँहरुमा पनि चुनाव जित्ने गरी काममा लाग्नुस्। प्रधानमन्त्रीले म एउटा बलियो र शक्तिशाली पार्टी नयाँ पुस्तालाई दिन चाहन्छु भन्नु भएको छ। केही स्वार्थी तत्व किनारा लागेका होलान्, केही अलमलमा होलान् तर तपाईंहरु अब बहुमत ल्याउने गरी तयारीमा लाग्नुस्।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।