पोखरामा जारी टाइगर कप भलिबलको पुरुष तर्फको उपाधि घरेलु टोली गण्डकी प्रदेशले हात पारेको छ । उसले शनिबार पोखरा रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गरेको हो ।
गण्डकीले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दा आर्मीले दोस्रो सेट २५–२१ ले जितेको थियो ।
निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट गण्डकीले ३२–३० ले जित्दै खेलमा अग्रता लिए पनि चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै आर्मीले खेललाई पाँचौ सेटसम्म पु¥याएको थियो । पाँचौं तथा अन्तिम सेट १५–११ ले जित्दै गण्डकीले उपाधि हात पारेको हो ।
विजेता बनेको गण्डकीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्दा उप विजेतामा बनेको आर्मीले ७५ हजार प्राप्त ग¥यो । तेस्रो बनेको नेपाल पुलिस क्लबले ३५ हजार रुपैयाँ पुरस्कार पायो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।