प्रधानमन्त्रीले गरे लुम्बिनी केबलकारको शिलान्याश

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबलकारको शिलान्याश गरेका छन् । शनिबार बुटबलमा केवलकारको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकारले विकासका कामलाई द्रूतरुपमा अगाडि बढाउने र आयोजना अगाडि बढाउन सरकारको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता जनाए । 

आयोजना निर्माणकर्ताहरुले एक वर्षभित्र निर्माण सक्ने प्रतिबद्धता जनाएकोमा प्रशंसा गर्दै उनले आयोजना बनाउने क्रममा बाटोमा परेका रुख कटानको समस्यालाई सरकारले समयमै निकास दिने आश्वासन दिए । उनले बुटवलका बासिन्दा, भारतको उत्तरप्रदेश एवं लुम्बिनी आउने विदेशी पर्यटकका माझ केबलकार लोकप्रिय बन्ने विश्वास व्यक्त गरे । 

लुम्बिनी र कपिलवस्तु ज्ञानमूभि, ध्यानभूमि र तपोभूमि रहेको भन्दै यसको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वलाई पनि यसले सघाउ पुुर्याउने उनले अपेक्षा व्यक्त गरे । 

अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा विकास निर्माणका कामले गति लिँदै गएको उल्लेख गर्दै लुम्बिनी केबलकार रोलमोडल बन्न सकोस् भन्ने शुभकामना दिए । 

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले निजी क्षेत्रलाई सहजीकरण गरेर लगानीको वातावरण बनाउनुपर्ने बताए । 





  • प्रकाशित मिति : फागुन १, २०७७ शनिबार १९:३१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया