भारतीय सेनाध्यक्षको चिन्ता : नेपाल हाम्रो साझेदार हो तर चीनले प्रभाव बढायो

काठमाडौं: भारतीय सेनाध्यक्ष एमएम नरवाणेले फेरि एक पटक विवादास्पद टिप्पणी गरेका छन्। नेपालबारे यसअघि पनि विवादित अभिव्यक्ति दिए भारतीय सेना प्रमुख नरवाणेले यस पटक नेपाललाई चीनको धेरै लगानी भएको मुलुकका रुपमा टिप्पणी गरेका हुन्। 

यसअघि नेपालले पश्चिमी क्षेत्रमा भारतले हडपेको भूमिमा दाबी गरेपछि उनले चीनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको बताएका थिए। जुन कुराको नेपालमा चर्को विरोध भएको थियो ।

‘उत्तरपूर्वी क्षेत्रमा विकास हुँदै गरेको सुरक्षा चुनौती र आगामी बाटो’शीर्षकमा आयोजित एक सेमिनारलाई सम्बोधन गर्दै उनले राजनीतिक अस्थिरताबाट गुज्रिरहेको भारतको परम्परागत मित्र राष्ट्र नेपालमा चीनको ठूलो लगानी भएको बताएका हुन्।

नेपाल भारतको साझेदार र नजिकको मित्र भए पनि पछिल्लो समय चीनले बेल्ट एण्ड रोड इनिसियटिभमार्फत लगानी बढाउँदै गएर प्रभाव विस्तार गरिरहेको उनले बताएका छन्। 

नरवाणेले नेपाल लगायतका भारतका छिमेकी देशहरुमा चीनले प्रभाव बढाउँदै लगेर सीमा क्षेत्रमा समेत यथास्थितिलाई बदल्न खोजेको प्रयासले द्वन्द्व निम्त्याइरहेको दाबी गरेका हुन्। यसबाट भारतको उत्तर-पश्चित क्षेत्रको सुरक्षालाई प्रत्यक्ष असर गर्न सक्ने चेतावनी पनि सेमिनारमा दिएका छन्। 

चीनले क्षेत्रीय निर्भरता बढाउँदै लगेर इण्डोप्यासिफिक क्षेत्रमा चीन आक्रमक ढंगले अघि बढेको उनले स्वीकार गरेका छन्। नरवाणेले अमेरिकाको इण्डोप्यासिफिक सक्रियता बढेपछि चीनले यस क्षेत्रका साना मुलुकमाथि असहिष्णु व्यवहार देखाएको आरोप लगाएका छन्। 



अमेरिका र चीनको बढ्दो द्वन्द्वले दक्षिण पूर्वी एसियाको क्षेत्रीय असन्तुलन बढ्दै गएको बताउँदै उनले यसले अस्थिरता पनि बढाउँदै लगेको कुरा राखेका हुन्। 



  • प्रकाशित मिति : फागुन २, २०७७ आइतबार १२:१४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया