नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ। पार्टी कार्यालय पेरिस डाँडामा आइतबार पत्रकार सम्मेलन गर्दै दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
संघर्ष समितिका सह-संयोजक योगेश भट्टराईले यसअघिका आन्दोलन सफल भएको निचोडसहित अब तेस्रो चरणको आन्दोलन चर्काउने चेतावनी दिएका छन्। फागुन ५ देखि १२ गतेसम्म सबै जिल्लामा आन्दोलनका कार्यक्रम गर्ने उले घोषणा गरे।
भट्टराईले प्रतिनिधिसभा विघटन र भ्रष्टाचारविरुद्ध फागुन ६ गते काठमाडौंको टुँडिखेल क्षेत्रमा मानव साङ्लो बनाएर विरोध गर्ने, फागुन ७ मा सबै पालिकाका वडामा विरोध प्रदर्शन, फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलमा हस्ताक्षर संकलन र ९ गते हत्या एवम् बलात्कारविरुद्ध महिलाहरुले विरोध गर्ने बताएका छन्।
भिडियो
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।