माधव नेपाल मुछिएको ललिता निवास मुद्दामा प्रमाण बुझ्‍न सर्वोच्चको आदेश

 सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसमेत मुछिएको बालुवाटारस्थित ललिता निवास जग्गा काण्डको मुद्दामा प्रमाण बुझ्‍न आदेश दिएको छ। न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आइतवार ललिता निवास काण्डको प्रमाण माग्ने आदेश दिएको हो।  

ललिता निवास परिसरको जग्गा विक्री प्रकरणमा मुछिएर पनि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध मुद्दा नचलाइएपछि सर्वोच्चमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरूद्ध मुद्दा परेको थियो।

सर्वोच्चले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको क्याबिनेटले गरेका निर्णयसहितका प्रमाणहरु पेश गर्न भनेको हो। 

वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले ललिता निवास प्रकरणमा जोडिएका तत्कालीन प्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई र माधवकुमार नेपाललाई मुद्दा चलाएको विषयमा रिट निवेदन हालेका थिए। 

बाबुराम र माधवसमेत जोडिएको ललिता निवासको जग्गा विक्री प्रकरणलाई लिएर सर्वोच्चले सम्बन्धित कागजातसहित प्रमाण माग्ने आदेश दिएको हो। यसलाई लिएर वरिष्ठ अधिवक्ता नेउपानेले २०७६ माघमा रिट हालेका थिए। 

तर अध्यक्ष नेपालले भने ललिता निवास प्रकरणमा आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियतवश फसाउन खोजिरहेको गुनासो गर्दै आएका छन्। यो प्रकरणमा मुख्य अभियुक्त शोभकान्त ढकाललाई विशेष अदालतले थुनामा पठाइसकेको छ। 





  • प्रकाशित मिति : फागुन २, २०७७ आइतबार १५:३९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया