प्रधानमन्त्री भन्छन् : भ्रष्टाचारीलाई कारवाही गर्दा कसैको मुख हेर्दिनँ
दुराचार र दुराचारीबारे मुखमा पानी हालेर नबोलेको जिकिर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने तीन वर्षअघिको कुरा फेरि दोहोर्‍याएका छन्। सरकारका तीन वर्षका उपलब्धि सुनाउन सिंहदरबारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पुरानै कुरा दोहोर्‍याएका हुन्। 

यसबीचमा सरकार अनेकन भ्रष्टाचारकाण्डमा मुछिए पनि उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इतिहासमै धेरै मुद्दा चलाएको जनाउँदै आफ्नो बचाउ गरे। 'म आफू भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ', उनले भने, 'दुराचार र दुराचारीबारे मुखमा पानी हालेर म बोल्दिनँ, कसैको मुख हेरेर कारवाही हुँदैन।'

उनले भ्रष्टाचारविरुद्ध आफूले ओठेभक्ति मात्रै व्यक्त नगरेको पनि बताए। 'यो मेरो प्रतिवद्धता मेरो ओठेभक्ति होइन। विभिन्न सरकारी कार्यालयहरुलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याएँ, त्यसले भ्रष्टाचार घटाउन मद्दत गरेको छ', उनले भने, 'राजश्व अनुसन्धान विभागसहितले तीन वर्षको अवधिमा गरेका कामबाट प्राप्त नतिजाले मेरो निर्णय सही थियो भन्ने देखाएको छ।'

उनले आफूमातहत आएका कार्यालयहरूले भ्रष्टाचारविरुद्ध अभियान नै चलाएका जिकिर गरे। 'तीन वर्षको अवधिमा ११५४ भ्रष्टाचार मुद्दा दर्ता भएका छन्', उनले भने, 'राजश्व चुहावट र सम्पत्ति शुद्धीकरण मुद्दा पनि बढेका छन्। राजश्व चुहावटमा ७७५ विरुद्ध ३२ अर्ब ७९ करोड ८९ लाखको मुद्दा चलेको छ।' 





  • प्रकाशित मिति : फागुन ३, २०७७ साेमबार १३:४०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया